
राष्ट्रपति ट्रम्पले अमेरिकी कूटनीतिज्ञ तथा विदेशमन्त्रीकारूपमा टिलर्सनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआइए)का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत् जानकारी गराएका छन् ।
‘विदेशमन्त्रीकारूपमा गरेको योगदानका लागि रेक्स टिलर्सनलाई धन्यवाद’–ट्रम्पले आफ्नो ट्वीटमा लेखेका छन् ।
अमेरिकी इतिहासमा नै सीआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गरेका छन् । उनी अमेरिकी इतिहासमा सीआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुने भएकी छन् ।
टिलर्सनको उत्तराधिकारीकारूपमा सीआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नेछन् ।
टिलर्सनसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकोले उनलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सन्चारकर्मीसँग बताए ।
ट्रम्पले भने–‘इरान आणविक सम्झौतामा मेरो विचार सकारात्मक छैन । तर, टिलर्सनले यसलाई ठीक भन्नुहुन्छ, कि सम्झौता भंग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो । तर, उहाँले केही फरक सोच्नुभयो । त्यसैले हामीले सहकार्य गर्न सकेनौं ।’ रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्