३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


आर्यन शाहीले तयार पारे मार्मिक गीत, दमदार बन्यो भिडियो


0
Shares

काठमाडौं, चैत १ । विगत सात बर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय आर्यन शाहीले स्वरवद्ध गरेको ‘तिमी र म हिडेको त्यो गोरेटो’ बोलको गीत भिडियोमा आएको छ ।

गीतमा आर्यनले शब्द, संगीत र स्वर रहेको छ भने गीतको म्यूजिक भिडियो निर्देशन पनि आर्यनले नै गरेका छन् ।

गीतमा जस्मिन लाखे, सुनिल शाह र सुरक्षा शाह ठकुरीको अभिनय देख्न सकिन्छ ।

क्यामेरा र सम्पादनमा सुजय गौतम र विराज भट्टराईले सहयोग गरेका छन् भने भिडियो निर्माणमा पवन पराजुलीले लगानी गरेका छन् ।

aryannn

काठमाडौंको शान्तिनगर स्थायी भएका शाहीले पप गीतबाट आफ्नो सांगितिक यात्राको आरम्भ गरेको बताउछन् ।

उनले ‘मलाई माफ गरिदेउ’ बोलको पप गीतमा स्वर दिएर सुरु गरेको यो सांगीतिक यात्रा जीवनभर निरन्तर जारी राख्ने बताउँछन् ।

अँधेरी रातमा, जब सुने लगायतका एक दर्जन बढि गीतमा आवाज भरेका छन ।

भिडियो