२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पेट्रोलियम ट्यांकरमा ‘लकिङ’ प्रणालीविरुद्ध उत्रिए चालक


0
Shares

जसका कारण निगमलाई आफ्नो दुई वर्षअघिको निर्णय कार्यान्वयन गर्न असहज भएको छ ।

लामो समयदेखिको पूर्वनिर्धारित् कार्यक्रमबमोजिम निगमले बुधबार झापाको चारालीमा एक कार्यक्रम आयोजना गरी मेची अञ्चलमा पेट्रोलियम ढुवानी गर्ने ट्रक र ट्यांकरमा ‘लकिङ प्रणाली’ सुरु गरेको थियो ।

तर, सरकारको उक्त निर्णयलाई असहयोग गर्दै झापाका चालक र मजदुरहरुले ढुवानी नै ठप्प पारेका छन् ।

ढुवानी ट्यांकरबाट बाटैमा तेल चोरी हुने प्रवृत्ति मौलाएपछि त्यसलाई रोक्न निगमले लकिङ प्रणाली सुरु गरेको हो ।

भारतीय आयल निगमको सिलिगुढी डिपोबाट पेट्रोलियम ढुवानी हुने मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने ट्रक र ट्यांकरमा लकिङ प्रणाली लागू गरिएको हो ।

चालकको अवरोधका बाबजुद् निगमले भने निर्णय कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ ।

मेची अञ्चलका झन्डै ९० प्रतिशत ट्रक र ट्यांकरमा ताला जडान छ । तर, चालकले त्यसलाई कार्यान्वयनमा ल्याउन मानिरहेका छैनन् ।

निगमले यसअघि गत मंसिरमा दुई महिनाभित्र ट्यांकरमा लकिङ प्रणाली जडान गर्न निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

निगमकाअनुसार पूर्वाञ्चलमा हाल ५९ ओटा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर छन् । यसका लागि लागि १४० ओटा ताल्चा दिइएको छ ।

चालकले अवरोध गरे वैकल्पिक उपायमार्फत् तेलको सहज आपूर्ति गराउने निगमको भनाइ छ ।

अहिले चारआली डिपोबाट काम गर्ने चालक र सहचालकसहितका ११७ मजुदर निगमअघि ट्यांकर रोकेर बसेका छन् ।

ट्यांकर चालकले आन्दोलन गरेसँगै पम्पहरुले पनि तेल नभएकोे भन्दै बन्द गरेका छन् ।