राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लिए शपथ • Image Khabar Image Khabar


राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लिए शपथ


Imagekhabar
१ चैत्र २०७४, बिहीबार १६:५७

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लिए शपथ

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष तिमिल्सिनालाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायमा प्रमुखलगायतको उपस्थिति थियो ।

नेकपा एमालेका सांसद तिमिल्सिना बुधबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्