
अझ पराजुलीले अवकाश पाइसकेको भन्ने न्यायपरिषदका सचिवको पत्रपछि पराजुलीले नै राष्ट्रपतिलाई सपथ गराएकाले पनि यो प्रश्न पेचिलो बनेको थियो । तर, राष्ट्रपति कार्यालयले यो विवाद टुंग्याउन खोजेको छ ।
महान्यायाधिवक्ताको कार्यालयका अनुसार पराजुलीले १ चैतमा राजीनामा दिएकाले सोही दिनसम्म उनको पद बहाल रहेको मानिनेछ ।
‘राष्ट्रपतिले राजीनामा ग्रहण गरेकाले त्यसलाई नै वैधानिक मानिनेछ । न्यायपरिषदको तत्कालिन बैठकमा अहिलेका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी पनि सहभागी थिए । यो निर्णय परिषद बैठकले बदर गरेमात्र पराजुलीको जन्ममिति साउन २००९ कायम रहनेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘राष्ट्रपतिले राजीनामा लिन अस्वीकार गरेको भए प्रधानन्यायाधीश पराजुलीको अवकाश नै भएको मान्न सकिन्थ्यो ।’ –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्