‘लाहुरेहरुको जिल्ला’मा प्राकृतिक सम्पदा सदुपयोग गरी आत्मनिर्भर हुँदै • Image Khabar Image Khabar


‘लाहुरेहरुको जिल्ला’मा प्राकृतिक सम्पदा सदुपयोग गरी आत्मनिर्भर हुँदै


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार ०९:५२

‘लाहुरेहरुको जिल्ला’मा प्राकृतिक सम्पदा सदुपयोग गरी आत्मनिर्भर हुँदै

पर्यटन, जल, जैविक र सांस्कृतिक सम्पदाको सदुपयोग र प्रयोगबाट यहाँका नागरिकले लाभ लिन थालेका हुन् । ‘लाहुरेहरुको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीका वासिन्दाहरु विगत दुई वर्षयता जल, जमिन र जंगलको प्रयोग र त्यहाँ रहेको सम्पदाको पहिचान गरी प्रशस्त आयआर्जन गर्न थालेका हुन् ।

गाउँगाउँमा विस्तार भएको व्यावसायिक तरकारी तथा फलफूल खेती, पशुपालन, जडिबुटी, सहकारी संस्था र लघु तथा घरेलु उद्योगले पनि म्याग्दीको ग्रामीण क्षेत्रको जीवनशैलीमा परिवर्तन ल्याएको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले बताए ।

१ नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका प्रायः सबै गाउँमा ५० देखि ८० जना युवाले व्यावसायिक आयआर्जनमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् । जिल्लाका कृषक तरकारी र फलफूलखेतीबाट मात्रै वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्