नेपालका कम्युनिस्टहरु कांग्रेसको सिद्धान्त र आदर्शमा आए : सिटौला • Image Khabar Image Khabar


नेपालका कम्युनिस्टहरु कांग्रेसको सिद्धान्त र आदर्शमा आए : सिटौला


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार १२:३२

नेपालका कम्युनिस्टहरु कांग्रेसको सिद्धान्त र आदर्शमा आए : सिटौला

काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा नेता सिटौलाले लोकतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन कम्युनिस्टहरुको चरित्रमा कांग्रेसले नै सुधार गरिदिनुपर्ने बताए । उनले निर्वाचनमा कांग्रेस पराजित भए पनि आफ्नो सिद्धान्त, आदर्श र मुलुकलाई निकास दिन भने सफल भएको दाबी गरे ।

राज्यको शक्ति सन्तुलन क्षयीकरण हुन थालेकाले अब कांग्रेसले त्यसलाई रोक्ने पहल गर्नुपर्ने उनको भनाइ थियो ।

सिटौलाले पार्टीभित्र धेरै सुधारको आवश्यकतासमेत रहेको बताए ।

कार्यक्रममा कांग्रेसका नेता गगन थापाले सरकारले राज्यका सबै निकायमा हस्तक्षेप गर्न थाले प्रतिकारमा उत्रने चेतावनी दिए ।

उनले कांग्रेसभित्र समय सापेक्ष परिवर्तनको लागि आफूहरुले पहल गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्