मन्त्रिपरिषद् विस्तार आजै, शीतल निवासमा अपरान्ह ४ बजे शपथ ग्रहण • Image Khabar Image Khabar


मन्त्रिपरिषद् विस्तार आजै, शीतल निवासमा अपरान्ह ४ बजे शपथ ग्रहण


Imagekhabar
२ चैत्र २०७४, शुक्रबार १२:५१

मन्त्रिपरिषद् विस्तार आजै, शीतल निवासमा अपरान्ह ४ बजे शपथ ग्रहण

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिए ।

राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ ।

सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबाट मन्त्रीहरु थप गरी सरकारलाई पूर्णता दिन लागिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले सरकारलाई पूर्णता दिनेबारेमा बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेका थिए ।

गत फागुन ३ मा ओली प्रधानमन्त्री नियुक्त भई सोही दिन पहिलो र फागुन १४ मा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

फोरम सरकारमा आउने भएपछि मन्त्रालयको संख्या बढाएर २१ सम्म बनाउने तयारी छ । (रासस)

प्रतिक्रिया दिनुहोस्