
संघीय संसद सचिवालयले प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको वक्तव्य दिनेलगायत कार्यसूची तय गरेको हो ।
प्रधानमन्त्री ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटना र समसामयिक विषयमा वक्तव्य दिने बुझिएको छ ।
सो विषयमा बैठकले दुर्घटनामा निधन भएकाहरुलाई श्रञ्द्धाजलि दिने विशेष प्रस्तावसमेत पारित गर्नेछ ।
बैठकमा उपसभामुखको निर्वाचनको कार्यसूची पनि छ ।
शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको बैठक २ः१५ मा सुरु भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्