
पाल्पा । पश्चिम पाल्पामा दही र चामल खाएर न्वागी पर्व मनाइएको छ ।
पश्चिम पाल्पामा नयाँ धान भित्राएपछि दही, चामल, सिलाम, केरा, महलगायतका बस्तु देवीलाई चढाएर न्वागी खाएपछि मात्र उपभोग गर्ने चलन छ ।
न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास रहेकाले परम्पराकालदेखि नै न्वागी पर्वलाई निकै ठूलो पर्वका रुपमा मनाउने चलन छ ।
न्वागीको दिन मन्दिरको गुठीको खेतमा उब्जाएको चामल र दही रैनादेवी भगवतीलाई चढाएर मात्र सर्वसाधारणले नयाँ धान प्रयोगमा ल्याउने चलन छ ।
यसै अवसरमा प्रदेश ५ का कानुन तथा आन्तरिक मामिला मन्त्री कुलबहादुर केसीलगायत रैनादेवी मन्दिर परिसरमा पुगेर दही र चामल खाएका छन् ।
मन्त्री केसीले रैनादेवीको मन्दिर परिसरमा ३ जना कन्यालाई दही र चामल खुवाएर न्वागी शुभारम्भ गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्