
६ महिनासम्म कसरिब ७५ अर्ब रुपैयाँ रहेको चालु खाता घाटा सातौं महिना पुरा हुँदा एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।
आर्थिक वर्षको सुरुदेखि नै घाटामा रहँदै आएको चालु खातामा एकै महिनामा ६६ अर्ब रुपैयाँ घाटा थपिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले चालु खाता घाटा हुनुमा प्रमुख रुपमा दुईवटा कारण बताएको छ ।
यो अवधिमा आयात उच्च दरले बढेको छ भने विदेशी लगानीकर्तालाई ठूलो मात्रामा लाभांश दिनु परेको छ । यी दुवै कारणले चालु खाता घाटा एक महिना मै दोब्बर भएको हो । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्