Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


महासंघ र चिनियाँ ओबीओआर प्रतिनिधिमन्डलबीच छलफल


0
Shares

नेपाल भ्रमणमा आएको ओबीओआर व्यापार तथा लगानीसम्बन्धी चिनियाँ प्रतिनिधिमन्डलले सोमबार महासंघका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

ओबीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक शू याको नेतृत्वमा आएको प्रतिनिधिमन्डलले भेटवार्ताकाक्रममा नेपालको आर्थिक तथा व्यावसायिक विकासमा ओबीओआरका तर्फबाट सहयोग गर्न आफूहरु तत्पर रहेको प्रतिबद्धता जनाएको छ ।

ओबीओआर खासगरी पूर्वाधार विकास, व्यावसायिक कृषि, ऊर्जा, पर्यटन, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशील रहेको जानकारी गराउँदै प्रतिनिधिमन्डलले नेपालका यी क्षेत्रहरुमा ओबीओआरमार्फत् लगानी भित्र्याउन आफूहरु इच्छुक रहेको धारणासमेत राखेको महासंघले जनाएको छ ।

Skip This