
काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारको आज निरीक्षण गर्दै मन्त्री थापाले कारागारलाई आधुनीकिकरण गर्न जरुरी रहेको बताए ।
मापदण्ड विपरित क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले यसको चाँडै व्यवस्थापन गरिने उनको भनाइ थियो ।
मन्त्री थापाले विरामी कैदीसंगै अन्य कैदीहरुलाई पनि राखिएको पाइएकाले मन्त्रालयले यसको व्यवस्थापन गर्ने बताए ।
पुर्पक्षका लागि थुनामा राखिएकाहरुले मुद्दा फैसलामा ढिलाई भएको गुनासोे गरेको भन्दै मन्त्री थापाले फैसला चाँडो गर्नका लागि सम्बन्धित निकायसंग कुरा गर्ने बताए ।
भौतिक पूर्वाधारको अभावमा अस्तव्यस्त रहेका कारागार सुधारको प्रक्रियाअघि बढाउने उनको भनाइ थियो ।
मन्त्री थापाले नुवाकोटमा बन्दै गरेको कारागारको निर्माणलाई तिव्रता दिने बताए । ६ सय क्षमता रहेको केन्द्रीय कारागारमा २७ सय कैदी बन्दी राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्