काठमाडौं, मंसिर १० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
निर्मला हत्याकान्डको दोषी पत्ता लगाउन माग गर्दै कन्चनपुरमा अनिश्चिकालीन धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आइतबार काठमाडौं ल्याइएको थियो ।
डा. भट्टराईले घटना भएको चार महिना बितिसक्दा पनि सरकारले भरपर्दो ढंगले अनुसन्धान नगर्नु, सबै प्रमाण नस्ट गर्नुले पनि घटनामा संलग्नलाई सरकारले नै संरक्षण दिइरहेको पुष्टि हुने बताए ।
त्यसक्रममा डा. भट्टराईले अष्ट्रेलियामा रहेका पार्टीका सर्मथकहरुले निर्मलाको परिवारलाई सहयोग गरेको एक लाख रुपैयाँ रकम हस्तान्तरणसमेत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्