२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


पार्टी नयाँ ढंगले अगाडि बढ्छ : कमल थापा


0
Shares

राष्ट्रिय प्रजातान्त्र पार्टीका विभिन्न पाँच संगठनको संयुक्त बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण र सैद्धान्तिक तथा वैचारिक कार्यक्रमलाई समानान्तररुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, पूर्वप्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, नेपाल शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डे र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका नेता तथा पार्टीका केन्द्रीय सदस्य श्रवणकुमार नेपालीले आ–आफ्नो संगठनको वर्तमान परिस्थिति, विगतका कमी–कमजोरी र अगामी दिनमा संगठनलाई चुस्त–दुरुस्त बनाउने कार्ययोजना प्रस्तुत् गरेका थिए । रासस