२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ओम डेभलपमेन्ट बैंकका तीन शाखा काठमाडौंमा विस्तार


0
Shares

ओम डेभलपमेन्ट बैंकले काठमाडौंमा विस्तार गरेका शाखाहरुको मंगलबार उद्घाटन गर्नेक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले उच्च प्रतिस्पर्धाको चुनौती सामना गर्न विशिष्टता आवश्यक रहेको उल्लेख गरे ।

आफ्नो हित र भविष्यको सुरक्षाका लागि पैसाको दुरुपयोग नगरी उत्पादनशील क्षेत्रमा लगाउन उनले सहभागी सबैलाई आग्रहसमेत गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले राष्ट्र बैंकबाट इजाजत लिइ विकास बैंकको इतिहासमा पहिलो शाखारहित बैंकिङ सेवा घान्द्रुकमा सुरु गर्ने तयारी भइरहेको बताए ।

बैंकले काठमाडौंमा एकैपटक तीनओटा शाखा विस्तार गरेको छ । केन्द्रीय कार्यालय पोखरामा रहेको बैंकले काठमाडौंको गोंगबु, नयाँबानेश्वर र ललितपुरको साटोबाटोमा नयाँ शाखाहरुबाट कारोबार सुरु गरेको हो । योसँगै बैंकको कुल शाखा संख्या ५२ पुगेको छ ।

कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् मानव सेवा आश्रम र सुमेरु अस्पताललाई ह्विल चेयर हस्तान्तरण गरेको थियो ।