हेटौंडाबाट अब राजधानी सार्न मिल्दैनः अध्यक्ष दाहाल • Image Khabar Image Khabar


हेटौंडाबाट अब राजधानी सार्न मिल्दैनः अध्यक्ष दाहाल


Imagekhabar
७ चैत्र २०७४, बुधबार ११:४०

हेटौंडाबाट अब राजधानी सार्न मिल्दैनः अध्यक्ष दाहाल

हेटौंडा, चैत ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारका सबै काम हेटौंडाबाटै भइरहेकाले अब राजधानी सार्न सम्भव नहुने बताएका छन् ।

हेटौंडामा पत्रकारहरुसँग दाहालले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने बहस चलाउनुको औचित्य नभएको बताए ।

दाहालले एमालेसँगको पार्टी एकता अन्तिम चरणमा रहेको पनि प्रष्ट पारे । २२ अप्रिल सम्ममा पार्टी एकता गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्