Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रधानमन्त्री ओलीलाई कमल थापाले भने– तपाई सफल भएको देख्न चाहन्छु


0
Shares

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीच वैचारिक भिन्नता रहनु स्वाभाविक हो । तर प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा सत्ता साझेदार बनेर एउटै मन्त्रिपरिषदमा रहेका काम गरिसकेका थापाले वैचारिक मतभेदका बाबजुद प्रधानमन्त्री ओली सफल भएको हेर्ने आफ्नो चाहना प्रकट गरेका छन् ।

थापाले प्रधानमन्त्री ओलीलाई ‘मेन्सन’का साथ सोमबार ट्वीट गर्दै भनेका छन्, ‘तपाईसँग काम गर्दा तपाईको नेतृत्वमा जुन प्रभावकारिता पाएको थिएँ, आजकल बाहिरबाट हेर्दा तपाईलाई निरीह/प्रभावहीन देखिरहेको छु ।’

उनले निर्मला हत्याकाण्ड, सुन तस्करीलगायत सबै क्षेत्रमा उदासिनता देख्दा दुःख लागेको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हाबीबीच वैचारिक भिन्नता छ तर म तपाई सफल भएको देख्न चाहन्छु ।’ उनले प्रभावकारी कदम चाल्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनकै नेतृत्वको मन्त्रिपरिषदमा थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । भारतीय नाकाबन्दीविरुद्ध डटेर उभिएका ओलीलाई परराष्ट्रमन्त्रीका रुपमा थापाले अन्तर्राष्ट्रिय मञ्चमा भारतीय नाकाबन्दीको खुलेर विरोध गरेका थिए ।