हिमपातसँगै एसइई • Image Khabar Image Khabar


हिमपातसँगै एसइई


Imagekhabar
८ चैत्र २०७४, बिहीबार १५:१२

हिमपातसँगै एसइई

सदरमुकाम सिमकोटमा रहेका मानसरोवर उच्च मावि र बालमन्दिर मावि केन्द्रका परीक्षार्थीले हिउँको चिसोसँगै बिहीबार पहिलो दिनको परीक्षा दिएका हुन् ।

हिमपातका कारण परीक्षार्थीलाई लेख्न र बस्न समस्या भएपनि पहिलो दिनको परीक्षा शान्तिपूर्णरुपमै सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक विष्णुबहादुर शाहीले जानकारी दिए ।

हुम्ला सदरमुकाम सिमकोटमा बुधबार राति हिमपातसँगै चिसो ह्वात्तै बढेको छ ।

एसइई परीक्षामा कर्णाली प्रदेशबाट यो वर्ष ३५ हजार ५९८ जना नियमित र ३ हजार ७१३ जना एक्जामटेडतर्फ गरी कुल ३९ हजार ३११ जना परीक्षार्थीहरु सामेल हुने भनिएपनि हुम्ला जिल्लामा एक्जामटेडतर्फ ५० प्रतिशत परीक्षार्थी अनुपस्थित देखिएका छन् ।

हावाहुरीसँगैको हिमपातले हुम्लाका दुईओटा एसइई परीक्षा केन्द्र प्रभावित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्