
चैत ४ गते प्रदेशसभामा पेस गरिएको सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरियोस् भनी बिहीबार बसेको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले प्रस्ताव गरेका थिए ।
उक्त विधेयकलाई प्रदेशसभाको बहुमतले पारित गरेको हो ।
पारित विधेयक प्रदेशप्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश सरकारले आर्थिक कारोबार गर्न र केन्द्र सरकारले दिएको बजेट ल्याउन बैंकमा खाता खोल्न पाउनेछ ।
संघीय सरकारले यस आर्थिक वर्षमा प्रदेश सरकारलाई १ अर्ब २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रदेशसभाबाट आर्थिक कार्यविधि पारित भएपछि सरकारले त्यो बजेट व्यवस्थापन र परिचालन गर्न सुरु गर्नेछ ।
बिहीबार प्रदेशसभाको विशेष समयमा नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका इन्द्रजित थारु र नेपाली कांग्रेसका भुवनेश्री चौधरीले सामाजिक विषयवस्तु संसदमा प्रस्तुत् गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक चैत १५ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्