२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दुई मोटरसाइकल आपसमा ठोक्किदा दुईजनाको मृत्यु, दुईजना घाइते


0
Shares

से२प ७९८१ र से५प ४८०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा टिकापुरका २५ बर्षीय शिवराज बोगटीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए ।

उनले दुर्घटनामा घाइते भएका टिकापुरकै नेत्र रावलको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए ।

त्यस्तै अन्य घाइतेहरूमा जोशीपुर गाउँपालिकाका आशाराम चौधरी र कञ्चनपुरका दीपक चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते दीपकलाई थप उपचारकाको लागि नेपालगन्ज लगिएको छ भने अर्का घाइते आशारामको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।