
नगरपालिका–२ स्थित हेलिप्याडमा रहेको होटल ईको भ्यु पोईन्टमा विहान करिव ६ बजे आगलागी भएको हो । आगलागीका कारण भवनको छतमा रहेको रेष्टुरेण्ट जलेर नष्ट भएको छ । पक्की भवनको तल्लो तलामा लज सञ्चालन हुँदै आएको थियो भने छतमा रेष्टुरेण्ट थियो ।
रेष्टुरेण्टको काउण्टरको भागबाट एक्कासी आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त रेष्टुरेण्ड रमेश गुरुङ लगायतले सञ्चालन गरेका हुन् ।
आगलागी झण्डै १ घण्टाको समयमा नियन्त्रणमा आएको थियो । स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणको प्रयास गरेका थिए ।
नगरपालिकामा रहेको दमकलमा पानी नभरी राखिएका कारण समयमा आगलागी नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् । समयमै दमकल आए पनि पानी थोरैमात्र रहेका कारण समयमा नियन्त्रण हुन नसकेको हो ।
पानी सकिएपछि पानी भर्न दमकलाई निकै समय लागेको थियो । आगलागीको सिजन सुरु भए पनि यस जिल्लामा आगलागी नियन्त्रणका लागि पूर्व तयारी नभएको स्थानीयको आरोप छ ।
आगलागीबाट नजिकै रहेका घरहरु भने जोगिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन भईरहेको प्रहरीले बताएको छ । मानवीय क्षति भने नभएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्