
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० ओटा पराकम्पन जाने गरेको हो ।
गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना–ठूला ४५ हजार पराकम्पन गएको छ । जसमध्ये ४ म्याग्निच्यूडभन्दा ठूला ४९१ पराकम्पन रहेका छन् ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्पन जाने गरेको बताए ।
हाल नेपालमा काठमाडौं र सुर्खेत केन्द्रका २१ स्टेसनबाट भूकम्प मापन हुँदै आएको छ ।
केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्