सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको मृत्यु, ९ घाइते • Image Khabar Image Khabar


सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको मृत्यु, ९ घाइते


Imagekhabar
९ चैत्र २०७४, शुक्रबार १६:२४

सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको मृत्यु, ९ घाइते

शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२, तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाकोमात्र सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी छ ।

बसमा सवार ३५ जनामध्ये ९ जना घाइतेको काठमाडौंस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्