Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


‘मन्त्रीको ‘धम्की’ स्वीकार्य हुँदैन’


0
Shares

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा कर्मचारी ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुमाथि हुकुमी शैलीको व्यवहार देखाउन खोजेको भन्दै कसैमाथि पनि अन्याय गर्न नहुने बताए ।

केही बिरामी र सुत्केरी भएकाबाहेक अधिकांश कर्मचारीहरु खटाइएको स्थानमा पुगिसकेको उनको भनाइ थियो ।

यस्तै, नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

संविधान र ऐनमा भएको व्यवस्थालाई हुकुमी शैलीमा धम्क्याउन खोजेको भन्दै उनले त्यस्तो धम्की स्वीकार्य नहुने बताए ।

जिम्मेवार पदमा भएको व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्नेतर्फ ध्यान जान आवश्यक रहेको उनले बताए ।

सरकारले प्रदेश तथा स्थानीय तहमा पठाएका कतिपय कर्मचारीहरुले जान अटेर गरेका कारण अत्यावश्यक काम अलपत्र परेका छन् ।