१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अनुमति लिएरमात्रै विदेशीहरुसँग भेट्न परराष्ट्रको निर्देशन


0
Shares

परराष्ट्रले शुक्रबार ‘सर्कुलर’ जारी गर्दै ‘भियना कन्भेन्सन’लाई ध्यान दिन प्रदेश तथा स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

यस्तै, काठमाडौंस्थित कूटनीतिक नियोगहरुलाई पनि भियना कन्भेन्सन पालनाको सम्बन्धमा सचेत गराइएको छ ।

प्रदेशका मुख्यमन्त्री तथा स्थानीय तहका प्रमुखहरुले राजदूत, दातृनिकाय र दातृनिकायका प्रतिनिधिहरुसँग भेटवार्ता गर्न थालेपछि परराष्ट्र मन्त्रालयले यस्तो कदम चालेको हो ।

परराष्ट्र सम्बन्धमा केन्द्र सरकारले गर्ने व्यवस्थाविपरीत मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुले दातृनिकाय र राजदूतहरुलाई भेट्ने गरेका छन् ।

सन् १९६१ मा अष्ट्रियाको भियनामा जारी भएको सन्धिले कूटनीतिज्ञहरुले पालना गर्नुपर्ने आचारसंहिता प्रस्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले केन्द्र सरकारसँग भेटघाट गर्दा पनि उक्त सन्धिको पालना गर्न कूटनीति नियोगहरुलाई आग्रह गरेको छ ।