कोरिया जान तँछामछाड, घन्टौं लाममाः ग्लोबल आइएमई बैंकमात्र किन ? • Image Khabar Image Khabar


कोरिया जान तँछामछाड, घन्टौं लाममाः ग्लोबल आइएमई बैंकमात्र किन ?


Imagekhabar
१० चैत्र २०७४, शनिबार ०६:५२

कोरिया जान तँछामछाड, घन्टौं लाममाः ग्लोबल आइएमई बैंकमात्र किन ?

काठमाडौं, चैत १० । निरन्तर १० घन्टा लाम बसेर लाजिम्पाटस्थित ग्लोबल आइएमई बैंकको शाखामा दुई हजार पाँच सय रुपैंयाँ जम्मा गर्न सक्दा शुक्रबार रामेछाप, मन्थलीका शैलेन्द्र श्रेष्ठ निकै खुशी थिए ।

रोजगारीका लागि दक्षिण कोरिया जान खोजेका २५ बर्षीय श्रेष्ठ अघिल्लो दिन ६ घन्टा लाइनमा बस्दा पालो नआएपछि रकम जम्मा गर्न असफल भएका थिए ।

‘अघिल्लो दिन लाइनमा बस्दा पनि रकम बुझाउने पालो नआएपछि शुक्रबार विहान ४ बजे लाइनमा बसिसकेको थिएँ,‘रकम जम्मा गर्दाको पीडा सुनाउँदै उनले भने,‘म पुग्दा त चारपाँच सय युवको लाइन पहिलेदेखि नै रहेछ ।’ उनले दिउँसो् २ बजेमात्रै बैंकमा रकम जम्मा गर्न सकेको बताए ।

सन् २०१९ का लागि कोरियाले नेपालबाट कामदार लैजाने प्रक्रियाअन्तर्गत भाषा परीक्षामा सहभागी हुनका लागि आवेदन संकलन गर्न थालेपछि पहिलो चरणमै युवाले सास्ती खेप्नुपरेको छ ।

ग्लोबल आइएमई बैंक नै किन ?

दरखस्त फाराम भर्नकै लागि चर्को सास्ती खोप्नुपरेपछि शाखाले किन ग्लोबल आइएमई बैंकलाई मात्र छनोट गर्यो भन्ने चौतर्फी विरोध भइरहेको छ ।

देश संघीयतामा गइसकेपछि गाउँगाउँमा बैंक पुगेको र २६ वटा बाणिज्य बैंक संचालनमा भइरहेको बेला एउटा मात्र बैंक छनोट गर्नु जायज नभएको पीडितको गुनासो छ ।
-नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्