२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पोखराको लेकसाइटमा सवारी साधन निषेधः ‘नो भेइकल जोन’ घोषणा


0
Shares

पोखरा, चैत १० । पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई ‘नो भेइकल जोन’ घोषणा गरिएको छ ।

आन्तरीक र वाह्य पर्यटकका कारण पर्यटकीय क्षेत्र लेकसाईड साँघुरिन थालेपछि सवारी साधन पार्किङ गर्न असहज भएको भन्दै निषेध गरिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषणा गरिएको हो ।

प्रदेश ४ का सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा नो भेइकल जोन भएको घोषणा गरेका हुन् ।

शुक्रबार र शनिबार लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करीब १ किलोमिटर क्षेत्रमा हाललाई बेलुकी पाँच बजेपछि सवारी लैजान पाइने छैन ।