
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैह्रेकाअनुसार खोरसोरनजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटेबाघ मृत फेलापरेको हो ।
बाघको टाउको, भूँडी, गालामा गम्भीर चोट देखिएको छ । १०/१५ दिनअघि अर्को बाघसँग जुधेर घाउ भएको उनको अनुमान छ ।
राप्ती नदी किनारमा आधा शरीर पानीमा डुबेको अवस्थामा बाघ मृत भेटिएको उनले बताए ।
अर्काे बाघसँग जुधेर घाइते भएको उक्त बाघ घाउको संक्रमणले मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० बाघ रहेका छन् । यो आर्थिक वर्षमा यसरी बाघ मरेको पहिलो हो । रासस
प्रतिक्रिया दिनुहोस्