२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धरानको भानुचोकमा राखिएको बम सेनाले निस्क्रिय पार्‍यो


0
Shares

सुनसरी, चैत ११ । सुनसरीको धरान उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र भानुचोकको घण्टाघर पछाडी राखेको सुतली बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

बम निष्क्रिय पारेपछि जनजीवन सामान्य बनेको छ । बम राख्ने समूहको पहिचान नभएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सर्बसाधारणलाई आतंकित पार्न राखेको अनुमान प्रहरीको छ ।

बम राख्ने समूहको खोजी भैरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए । प्रदेश १ को स्थानीय निकायमा चन्दा आतंक पनि मच्चाइएको छ ।