१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


पाँचथरमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


0
Shares

पाँचथर, चैत ११ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित सिमखर्कमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने काठमाडौंका ४६ वर्षिय उमेशसिंह महासेठ हुन् । दुर्घटनामा एक जना घाइते भएका छन् ।

घाइते महोत्तरी बर्दिबासका २४ वर्षिय शम्भु महराको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

बा २८ प ६६८३ नम्बरको मिनी ट्रक अनियन्त्रित भइ सडकबाट करीब ५ सय मिटर तल खसेको पाँचथर प्रहरीले जनाएको छ ।