बोटे र माझी समुदायलाई माछा मार्न खोला नभएर के भो र ? (भिडियो) • Image Khabar Image Khabar


बोटे र माझी समुदायलाई माछा मार्न खोला नभएर के भो र ? (भिडियो)


Imagekhabar
११ चैत्र २०७४, आईतवार १२:५५

बोटे र माझी समुदायलाई माछा मार्न खोला नभएर के भो र ? (भिडियो)

चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदी र आसपासका खोलामा माछा मार्न रोक लगाएपछि नवलपरासीका बोटे र माझी समुदायकामानिस गाउँमै पोखरी खनेर माछापालन गर्न थालेका छन् ।

माछा पालन थालेपछि यो समुदायको दैनिकजीवनमै परिवर्तन आएको छ । नारायणी नदीमानिकुञ्ज र मध्यवर्ती क्षेत्रले माछा मार्नमा कडाई गरेपछी यो समुदायको पुख्र्याैली पेशा र जिविकोपार्जनको माध्ययम नै संकटमा परेको थियो ।

पछी मध्यवर्ती वन क्षेत्रले पोखरी खन्न जमिन उपलव्ध गराएपछि अहिले सामुहीक रुपमा माछा पालन गरेर आफ्नौ घरखर्च मात्र होईन वचत समेत गर्न थालेका छन् ।

निकुञ्ज क्षेत्रमा माछा मार्न जाँदा निकुञ्ज प्रशासनले आफुहरुलाई धरकपड गर्ने समस्याका कारण पनि आफुहरुले समुह नै गठन गरी माछा पोखरी निर्माण गरेको सोहि स्थानका रामबहादुर विकले बताए ।

बोटे समुदायले समुह गठन गरी यसै मार्फत माछापालन थालेका हुन् । माछापालनले उनीहरुलाई बचत गर्ने बानीको समेत विकास गराएको छ । प्रत्येक सदस्यले मासिक पाँच सय बचत गर्ने गरेका छन् ।

परम्परागत पेशाले आधुनिक समाजमाप्रतिस्पर्धा गर्न नसकिने बुझाइ यो समुदायको छ ।

मध्यवर्ती ,माझीमुसहर बोटे कल्याण समिति, सहमति लगाएको संस्थाहरुको सहयोगमा बोटे समुदायले माछापालन थालेका हुन् ।

अहिले पहिलो चरणमा नवलपरासीमा ५० ओटा पोखरी खनेर माछा पालन गरिएको छ ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस्