
नेपालगन्जमा आइतबार सम्पन्न नेपाल बार एसोसिएसनको १४औं राष्ट्रिय सम्मेलनका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
पछिल्लो समयमा न्याय क्षेत्रमा उत्पन्न समस्याले न्यायिक क्षेत्रको साख कमजोर बनाएको उनीहरुको धारणा थियो । सम्मेलन अवधिभर कानुन व्यवसायीहरुबीच सो विषयमा बहस भएको थियो ।
नेपाल बारकी केन्द्रीय सदस्य एवं अधिवक्ता लक्ष्मी दाहाल रावलले बार र बेन्च एक रथका दुई पांग्रा भएकाले सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राखिन् ।
नेपाल बारका निवर्तमान उपाध्यक्ष टिकाराम भट्टराईले न्याय परिषदको प्रभावकारी भूमिका, बारले फैसला र कार्यान्वयको अनुगमन र अनुसन्धान गर्दै त्यसको प्रतिबेदन सार्वजनिक गरी न्यायपालिकालाई जवाफदेही बनाउनुपर्ने बताए ।
त्यस्तै, अर्का अधिवक्ता सुरेशकुमार पौडेलले बार र बेन्चले आ–आफ्नो आचरणमा सुधार गरी एकापसमा सहकार्य गरेर अगाडि बढे द्वन्द्वको समाधान हुने तर्क गरे ।
बार र न्यायालयबीच द्वन्द्व बढे त्यसले नागरिक, न्यायालय र देशको हित नहुने भएकाले ती द्वन्द्वको समाधान हुनु अतिआवश्यक रहेको धारणा कानुन व्यवसायीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्