२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (भिडियो)


0
Shares

हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन सुरु हुने रथयात्रा काठमाडौंको जमलबाट सुरु भएको हो ।

जनबहालस्थित मन्दिरबाट सानो खटमा मच्छिन्द्रनाथको मूर्ति राखेर नगर परिक्रमा गराइसकेपछि जमलमा रहेको रथमा मूर्र्ति राख्ने गरिन्छ ।

बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असन लगेका छन् ।

सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्वीहरुले जनबहाःद्यो, आर्यावलोकितेश्वर, बोधीसत्व तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव र शाक्त सम्प्रदायले शक्ति स्वरुपाकोरुपमा पुज्ने गर्दछन ।

असनपछि रथलाई तानेर लगनटोलसम्म पुर्‍याइन्छ ।

भिडियो हेर्नुहोस्