२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाथीभरा क्षेत्रको यातायात खुल्यो


0
Shares

फुङलिङ नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सोमबार दिउँसो भएको छलफलपछि यातायात व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय र सहमति भएसँगै यातायात सन्चालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी, ताप्लेजुङ प्रहरी प्रमुख, नगरपालिका प्रमुख, यातायात व्यवसायी, सवारी चालकलगायतको उपस्थितिमा पाथीभरा क्षेत्रको सवारी यातायातमा देखिएका समस्याको दीर्घकालीन समाधानका विषयमा सहमति भएको हो ।

अपडेटअघिको समाचार तल पढ्नुहोस्

ताप्लेजुङ, चैत १२ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा आज विहानैदेखि यातायात बन्द गरिए पछि तीर्थयात्री मारमा परेका छन् ।

सदरमुकाम फुङलिङदेखि पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सञ्चालन हुने यातायात बन्द गरिँदा तीर्थयात्री बीचमै अलपत्र परेका हुन् ।

सयौं स्वदेशी तथा विदेशी भक्तजनकोे घुँईचो लाग्ने चैते दशैँमा बन्द गरिँदा तीर्थयात्री बीचबाटोमै अलपत्र परेका हुन् ।

तल्लो फेदीलगायत क्षेत्रमा रहेका सवारी साधन काउण्टरबाट अभद्र व्यवहार भएको भन्दै सवारी चालकहरुले नै यातायात बन्द गराएका हुन् ।

काउण्टरले बिना टिकट चलानी दिने, चालक र यात्रुलाई धम्क्याउने गरेकाले दोषीलाई कार्वाहीको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।

मन्दिर दर्शनको समयमा दैनिक ५० देखि १ सय ५० वटासम्म सवारीसाधन सञ्चालन हुने गरेको छ ।

आफूहरुलाई जानकारी नै नदिई बन्द गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले चालकको समस्याको समाधान खोजिने बताएका छन् ।