इयू निर्वाचन प्रतिवेदनमा कांग्रेसको आपत्ति • Image Khabar Image Khabar


इयू निर्वाचन प्रतिवेदनमा कांग्रेसको आपत्ति


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १४:०३

इयू निर्वाचन प्रतिवेदनमा कांग्रेसको आपत्ति

सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयू निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमन्डलमाथि कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए ।

इयू निर्वाचन पर्यवेक्षण प्रतिनिधिमन्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिनअघि सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानकाबारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी गराए ।

उनले इयू प्रतिनिधिमन्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए ।

तेस्रो दिनको सोमबारको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा. डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका थिए ।

प्रतिनिधिसभाको बैठकका कारण सोमबारको कांग्रेस बैठक स्थगित भइ पुनः अपराह्न बस्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्