दुर्घटनामा दुईजनाको मृत्यु • Image Khabar Image Khabar


दुर्घटनामा दुईजनाको मृत्यु


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १४:१८

दुर्घटनामा दुईजनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४, महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुंगा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नम्बरको मोटरसाइकलले आइतबार राति साइकललाई ठक्कर दिएको थियो ।

चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार सप्तरी, बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्