२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आर्मीलाई हराउँदै मदन भण्डारी एकेडेमी सेमिफाइनलमा


0
Shares

सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलमा एकेडेमीलाई जित दिलाउनेक्रममा विदेशी खेलाडी र्माक्सले हेडमार्फत् २ गोल गरे भने अर्का विदेशी खेलाडी आभाले एक गोल गरे ।

आर्मीका तर्फबाट विवेक बस्नेतले एक सान्त्वना गोल फर्काए ।

खेलको ‘म्यान अफ दी म्याच’ पनि एकेडेमीकै र्माक्स घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको खेल सुनौलो संगम क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ ।

बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा जारी प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ ले आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालका तीन विभागीय र मलेसियाको हिमालयन फुटबल क्लबसहित १० टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।