बाघको आक्रमणबाट महिलाको मृत्यु, दुईजना घाइते • Image Khabar Image Khabar


बाघको आक्रमणबाट महिलाको मृत्यु, दुईजना घाइते


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १९:१३

बाघको आक्रमणबाट महिलाको मृत्यु, दुईजना घाइते

राप्ती नदी किनारामा घाँस काट्नेक्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

घाइते दुईमध्ये एकजना ३६ वर्षीय राजकुमार अर्याल रहेका र एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

महिलाको शव उठाउनेक्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुईजना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्