‘आइपीएललाई अवसरकारुपमा लिएको छु’ • Image Khabar Image Khabar


‘आइपीएललाई अवसरकारुपमा लिएको छु’


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १९:५३

‘आइपीएललाई अवसरकारुपमा लिएको छु’

दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पीनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपीएल खेल्ने पहिलो नेपाली हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

भारत जानुअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपीएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुसी लागेको र प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरकारुपमा लिएको बताए ।

क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागू गरिने जानकारी दिए ।

आइपीएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सन्चालन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्