 
	    सोमबार भएको फाइनल खेलमा युरोपेली प्रतिद्वन्द्वी वेल्सलाई १–० ले हराउँदै लेटिन अमेरिकी मुलुक उरुग्वे च्याम्पियन बनेको हो ।
उरुग्वेका लागि १००औं खेल खेलेका एडिन्सन काभानीले ४९औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बन्यो ।
खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपनि वेल्सले गोल फर्काउन भने सकेन ।
मंगलबार राति नै भएको तेस्रो स्थानको प्लेअफमा चेक गणतन्त्रले चीनलाई ४–१ ले हरायो ।
चार टोली सम्मिलित आमन्त्रण प्रतियोगिताको सेमिफाइनलमा वेल्सले चीनलाई ६–० ले हराएको थियो भने उरुग्वेले चेक गणतन्त्रमाथि २–० को जित दर्ता गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्