१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


सांसदहरुले उठाएका प्रश्नमा आज १२ जना मन्त्रीले जवाफ दिने


0
Shares

काठमाडौं, असार १३ । सरकारले ल्याएको विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नमा आज १२ जना विभागीय मन्त्रीले जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा १२ जना मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले आज जवाफ दिनुहुने छ ।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, गृह, स्वास्थ्य तथा जनसंख्या, र रक्षा मन्त्रालयका तर्फबाट पनि विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले जवाफ दिइसकेका छन् ।

सांसदले उठाएका प्रश्नको जवाफ दिने तीन दिने कार्यतालिका अनुसार भोलि प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेट शीर्षकमा उठेका प्रश्नको प्रधानमन्त्री वा उनले तोकेका मन्त्रीले जवाफ दिने दिनेछन् ।