
मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतकारूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो ।
रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाले जानकारी गराए ।
यसअघि, ती गाउँपालिकामा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम सम्भाल्दै आएका थिए ।
गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।
खटाइएका प्रमुख प्रशासकीय अधिकृत जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, अछामलगायतका रहेका छन् ।
उनकाअनुसार खटाइएका कर्मचारी मन्त्रालयबाट पत्र लिइ बुधबार (भोलि)देखि नै सम्बन्धित स्थानीय तहमा जानेछन् ।
शाखा अधिकृत थापाकाअनुसार अझै ४० गाउँपालिकामा निमित्तले प्रशासकीय प्रमुखले काम चलाइरहेका छन् ।
मुलुकभर २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । अपुग स्थानमा थप कर्मचारीलाई विस्तारै पठाइनेछ ।
मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्मका लागि आन्तरिक व्यवस्थापनका लागि कर्मचारी स्थानीय तहमा खटाएको हो । रासस
प्रतिक्रिया दिनुहोस्