
काठमाडौं, चैत १३ । राष्ट्रिय फोटो पत्रकार समुह ‘एनएफपिजे’ले राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा विभिन्न विधाका उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।
फोटो पत्रकार समूहले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी बैशाख १३ गते दिवसको अवसरमा विभिन्न विधाका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने जनाएको हो ।
समूहले प्रतिस्पर्धामा सहभागिताका लागि पत्रकारहरुलाई फोटो पठाउन आह्वान पनि गरेको छ ।
छापा माध्यममा कम्तीमा एक बर्ष र अनलाइनको हकमा ६ महिना काम गरेका फोटो पत्रकारले प्रतिस्पर्धामा भाग लिन सक्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्