२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधान न्यायाधीशका लागि तीन जना न्यायाधीशहरुको नाम सिफारिस


0
Shares

काठमाडौं, चैत १३ । न्यायपरिषद् वैठकले प्रधान न्यायाधीशका लागि तीन जना न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ ।

मंगलबार अपरान्ह बसेको परिषद्को वैठकले न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको हो ।

अब संवैधानिक परिषद्को वैठकले तीन जना मध्येबाट वरिष्ठतम् न्यायाधीशलाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने छ ।

गोपाल पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिएपछि दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् ।