
दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् ।
गएराति २ बजे कटारीबाट घुर्मीतर्फ डिजेल बोकेर जाँदै गरेको ना६ख ३२३१ नम्बरको ट्याङकर सडकबाट अन्दाजी १ हजार मिटर तल खसेको थियो ।
ट्याङकर चालक बारा अमलेखगंज नगरपालिका–४ का २३ वर्षीय पुर्णप्रसाद खनाल र ट्याक्टरमा सवार मकवानपुर नामाटारका ३१ वर्षीय सरोज मोक्तानको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका ट्याङकरमै सवार भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बारा निजगढका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोलेलाई उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्