
बझाङ, चैत १४ । बझाङको सदरमुकाम चैनपुर तथा जयपृथ्वी नगरपालिकाभित्र रहेका खानीपानीका पाइप फुटेर ढल मिसिंदासमेत कसैको ध्यान नगएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
दुई वर्षअघि सडक बनाउँदा अलपत्र परेका पाइप व्यवस्थापन नहुँदा यो अवस्था आएको हो ।
खानेपानीका पाइप ठाउँ ठाउँमा फुटेको र त्यसैमा फोहोर ढल मिसिँदा गर्मीको समयमा संक्रमण फैलिन सक्ने खतराले सदरमुकामबासी चिन्तित छन् ।
आँखै अगाडी फोहोर मिसिएको देख्दा पनि त्यही पानी खानु पर्ने बाध्यता रहेको गुनासो स्थानीयको छ ।
चैनपुर खानेपानी तथा सरसरफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले भने महशुल उठाएको पैसाले नै खानेपानीका पाईप लाईन ब्यवस्थित गर्दै गएको र बजार भित्रका सबै खानेपानीका पाईप ब्यवस्थित गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्