
काठमाडौं, चैत १४ । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपाललाई यमनले हराएको छ ।
तटस्थ मैदान कतारको दोहामा गएराती भएको खेलमा नेपाललाई यमनले २-१ ले हराएको हो ।
खेलमा यमनलाई विजयी गराउन अब्दुलवासी अल मन्तारीले दुबै गोल गरे । नेपालका लागि नवयुग श्रेष्ठले एक गोल फर्काए ।
यो हारसँगै नेपाल छनौटको समूहमा पुछारमै सीमित भएको छ । नेपालले समूहको ६ खेलबाट २ अंक मात्रै जोडेको छ ।
उता १२ अंक जोडेको फिलिपिन्स र १० अंक जोडेको यमन एसियन कपको फाईनल चरणको लागि छनौट भएका छन् ।
प्रतिक्रिया दिनुहोस्