
रुपन्देही, मंसिर ८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढंगबाट नभइ निरंकुश ढंगबाट चलेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभइ व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रस्ट पारे ।
पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी संघ पनि संस्थागत हुन नसकेको दाबी गरे ।
उनले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत् ढंगले अगाडि बढ्ने बताए ।
नेता केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्णकार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको धारणा राखे । रासस
प्रतिक्रिया दिनुहोस्