२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सडक निर्माण र बैज्ञानिक वन व्यवस्थापनको नाममा जंगल सखाप


0
Shares

रौतहट, चैत १४ । बर्षेनी चोरी कटानले मासिंदैै गएको रौतहटका जंगल यसपटक भने बैज्ञानिक वन व्यवस्थापनको नाममा गरिएको कटानबाट मासिंदै छ ।

रौतहटको चन्द्रपुरमा पर्ने हातेमालो सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पुराना र नयाँ सबै रुख काटिएका छन् ।

रुख कटान गर्ने तस्कर नियन्त्रणमा नआउँदै सडक निर्माण र बैज्ञानिक वन व्यवस्थापनको नाममा काँचो सालका रुख नै सखाप पारिन थालिएको हो ।

संरक्षणको नाममा करोडौं धनराशी खर्चिएपनि उपलब्धि भने शून्य रहेको स्थानीयको गुनासो छ । एक सातादेखि हरिया सालका रुख कटान भैरहेको छ ।

तीन सय वटा सालका रुख काट्ने भन्दै एक सातादेखि वनमै आधुनिक मेशिन प्रयोग गरेर धमाधम रुख काटिँदै छ ।

एक महिनाअघि मात्रै रौतहटको धन्सार जंगलसैया सडक बनाउन भन्दै एक सयभन्दा बढी सालका रुख काटिएका थिए ।

अन्य प्रजातीको समेत गरी ५ सयभन्दा बढी रुख काटिए पनि जिल्ला वन कार्यालय रौतहटले नै लगत राखेको छैन ।

सडक बनाउने नाममा रुखका जरै समेत उखेलिएको छ । ती रुखका गोलिया कहाँ पु¥याईयो भन्ने तथ्यांक स्वयं जिल्ला वन कार्यालयसँगसमेत छैन ।